८ बैशाख २०८१, शनिबार

जसरी मत माग्न पुगियो त्यसैगरी सम्पुर्ण मतदातालाई धन्यवाद दिन पुग्ने अभियानमा छाैँ: ढकाल
  • न्युज मानसराेवर

बाँके / नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचित सुर्य ढकाल र प्रदेश सभा १ ख का सदस्य विजयी उम्मेदवार दुर्गा प्रसाद चौधरी मतदातालाई धन्यवाद अभियानमा केन्द्रीकृत भएका छन ।

अभियानमा काेहलपुर भेटिएका प्रतिनिध सभा सदस्य उम्मेदवार सुर्य ढकालले संक्षिप्त कुरा गर्दै आफुहरूलाइ सम्पुर्ण जनताहरूकाे माया र स्नेहले निर्वाचित तुल्याएका कारण अब धन्यवाद अभियानमा केन्द्रीकृत भएकाे जनाए ।

पहिले भोट माग्न मोटरसाइकल र पैदल मै गयाै अब पनि यसरी नै मोटरसाइकल मै सम्पुर्ण जनताको घर आगन र टोल टोलमा गएर मतदातालाई धन्यवाद ज्ञापन गदैछाै प्रदेश सभा ख का विजयी उम्मेदवार दुर्गा चाैधरीले भनेका छन ।

एमाले विजयी उम्मेदवारहरूले कोहलपुर नगरपालिकाको वडा नम्बर १३,१,२,३,४,५,६,७, र ८ मा गरिएको घरदैलो र कोणसभा कार्यक्रममा गएर ढकाल र चौधरीले धन्यवाद ज्ञापन गरेका छन।

एमाले विजयी उम्मेदवार ढकालले जनता विच गरिएका बाचा तद अनुरूप निर्वाचित भए पश्चात् पनि नभुल्ने बताए ।

ढकालले काेहलपुरकाे विकास आर्थिक रूपान्तरण तथा अन्तर प्रदेशकाे विकास सँग समेत जाेडिएकाे हुनाले तद अनुरूप शिक्षा ,स्वास्थ, स्वराेजगार ,नीति निर्माण र त्यसकाे प्रभावकारी नियमन गरिने जनता माझ उल्लेख  गरेका छन ।

  • १२ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech