७ बैशाख २०८१, शुक्रबार

म पनि प्रधानमन्त्रीको दाबेदार हुँ : राठौर
  • न्युज मानसराेवर

बाँके\नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य किशोर सिह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुंगो लाग्ने बताएका छन् ।

प्रेस युनियन बाँकेले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन । उनले युवालाई सरकारको नेतृत्व दिनुपर्ने हो भने आफुनै सबैभन्दा बलियो दाबेदार रहेको बताउदै युवाको नाममा एक ब्यक्तिको मात्र चर्चा गरिनु न्यायोचित नभएको उनको तर्क थियो ।

उनले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकारको भन्दा पनि पार्टी बनाउन तिर लाग्नुपर्ने कुरामा जोड दिदै भने–‘शर्मा र थापाले आगामि ५ वर्षमा पार्टीलाई एक्लै चुनाव लड्ने अवस्थामा पुराउनु पर्ने जिम्मेवारी भएकोले उहाँहरु सरकारको भन्दा पनि पार्टी नेतृत्वमा बसेर पार्टी बनाउन तिर लाग्नु हुने छ । यदी यु्वालाई जिम्मेवारी दिने हो भने म पनि अनुभवी युवा हुँ ।’

उनले संबिधानको रक्षा र सत्ताको बागडोर सम्हाल्नको लागि बाम–लोकतान्त्रिक गठबन्धन गरिएको बताए । उनले बर्तमान गठबन्धनले नै सरकार निर्माण गर्नुपर्ने आफ्नो धारणा रहेको बताए । सो कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं. ३ ख बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित बादशाह कूर्मीलाई समेत सम्मान तथा स्वागत गरिएको थियो ।

  • १२ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech