८ बैशाख २०८१, शनिबार

कस्तो रहला आजको मौसम?
  • न्युज मानसराेवर

बाँके\देशमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन। आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो  प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी   भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech