बाँके\प्रतिनिधिसभा समानुपातिकतर्फ ९९ लाख ९१ हजार ९०७ मतगणना भएको छ ।निर्वाचन आयोगका अनुसार मतगणनामा नेकपा एमालेले पहिलो पार्टी बन्दै २६ लाख ९३ ५४५ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार २६ मत, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ४७६ मत पाएको छ ।चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार ९९६ मत पाएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ८८ हजार ४१९ मत, जनमत पार्टीले ३ लाख ४६ हजार ९३३ मत पाएका छन् । यी दलले ३% ‘थ्रेस होल्ड’ कटाएका छन् ।
नेकपा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३१९ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ मत, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४७ हजार ९०७ मत पाएको छ ।