१६ चैत्र २०८०, शुक्रबार

बाँकेका किसानलाई मल उपलब्ध गराउन बाँके १ का प्रतिनिधि ढकालको सक्रियता
  • रामकृष्ण छिनाल

 बाँके\साल्ट ट्रेडिङ कर्पोरेसन नेपालगञ्ज तथा कृषि सामाग्री कम्पनीले बाँकेमा भोलि देखी किसानहरुलाई मल उपलब्ध गराउने भएको छ ।

बाँके क्षेत्र नं.१का प्रतिनिधिस भाका सदस्य सुर्य ढकाल सँग कुरा गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन नेपालगञ्ज प्रमुख मनोज कुमार चौधरी र कृषि सामाग्री कम्पनी बाँकेका प्रमुख रमेश पौडेलले  जानकारी गराएका हुन।

यही मंसिर ४ गते भएको प्रनितिधि सभाको निर्वाचनमा विजयी एमालेका उम्मेदवार सुर्य ढकालले बाँकेका किसानहरुलाई  सहज रुपमा मलको व्यवस्थापन गर्नका लागि आग्रह गरेका हुन।

भेटघाटमा दुवै कार्यालय प्रमुखहरुले बाँकेका किसानहरुलाई भोलि १९ गते बाट मल उपलब्ध गराईने जानकारी गराएका हुन ।

बाँकेका किसानहरुको मुख्य आर्य आर्जनको श्रोत नै कृषि पेशा भएका कारण बाँकेका किसानहरुले मल नपाउनु दुखत भएको ढकालले भनेका छन। उनले राज्यले तत्काल यस विषयमा गहन भएर रणनिति बनाउन आवश्यक रहेको समेत औल्याएका छन।

हिउँदे बालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बाट  जानकारी प्राप्त भएको ढकालले बताएका छन।मन्त्रालयले केही परिमाणमा मल नेपाल भित्रने क्रममा रहेको समेत  जानकारी प्राप्त भएको ढकालले बताएका छन।

हाल नेपाल सरकारसँग २१ हजार सात सय ६४ मेट्रिक टन युरिया, १९ हजार दुई सय ८६ मेट्रिक टन डीएपी र एक हजार नौ सय ३२ मेट्रिक टन पोटास गरी कुल ४२ हजार नौ सय ८३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।

मौज्दात रहेको यो परिमाणको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ३५ हजार चार सय ४९ मेट्रिक टन मौज्दात छ। जसमा १५ हजार एक सय ७९ मेट्रिक टन युरिया, १८ हजार चार सय ३२ मेट्रिक टन डिएपी र एक हजार आठ सय ३७ मेट्रिक टन पोटास रहेको बुझिएको छ ।  भने त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार पाँच सय ६४ मेट्रिक टन युरिया, आठ सय ५४ मेट्रिक टन डिएपी र ९५ मेट्रिक टन पोटास गरी कुल सात हजार पाँच सय ३४ मेट्रिक टन रासायनिक मल मौज्दात छ। चालु आर्थिक वर्ष २०७९(८० का लागि मल खरिद गर्न सरकारले रु १६ अर्ब विनियोजन गरेको छ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech