७ बैशाख २०८१, शुक्रबार

बाँके ३ मा एमालेले कार्वाहीका लागि सिफारिस गर्यो प्रदेश कमिटी सदस्यहरुको नाम
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नं.३ प्रदेश क निर्वाचन परिचालय कमिटीले निर्वाचनमा पार्टीलाई असहयोग गरेको निष्कर्ष निकाल्दै एमालेका प्रदेश कमिटी सदस्य पदम धिताल र चन्द्र थारुलाई कार्वाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।

त्यसै गरी कृष्ण चौधरी र विजय चन्द्रलाई स्पष्टिकरण लिने निर्णय गरिएको निर्वाचन परिचालय समिति संयोजक घननाथ खनालले जानकारी गराए ।

खनालले अन्य ३ जनाको नाम उल्लेख नगरी स्पष्टिकरण लिने निर्णय समेत गरेको जानकारी गराएको छ ।  पार्टीको नीति अनुरुप उहाँहरुको गतिविधिमा पार्टीले संक्का गरेका कारण उहाँहरुलाई कार्वाही र स्पष्टिकरण लिने निर्णय गरिएको खनालले जानकारी गराए ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech