७ चैत्र २०८१, शुक्रबार

देशभर बढ्यो चिसो
  • न्युज मानसराेवर

बाँके\देशभर चिसो बढ्दै गएको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौँको तापक्रम पनि लगातार घट्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान काठमाडौंको न्यूनतम तापक्रम ६‍.८ डिग्री सेल्सियसमा झरेको छ। अधिकतम तापक्रम भने १९.९ डिग्री मात्रै छ।

मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ। सबैभन्दा कम तापक्रम जुम्लामा छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ३.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १७.९ डिग्री सेल्सियस छ।

पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल पहाडी भूभागमा आंशिक बदली छ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech