सुखेत\सुर्खेतका १९ वर्षे दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पांग्रे गाडी बनाएका छन् । बीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले पाँच महिना लगाएर सो गाडी बनाएको बताए ।
आफूले विद्यालयका शिक्षक, शिक्षिकाको सहयोगमा गाडी बनाएको अधिकारीको भनाइ छ । गाडीमा चालकसहित दुई जना बस्न मिल्ने उनले बताए । गाडी आफ्नो घरमै बनाएर घरबाटै चलाएर विद्यालय पुगेको उनको भनाइ छ ।
विद्यालयको शिक्षक शिक्षिकाहरुको प्रेरणाले आफूले निकै प्रयास गरी गाडी बनाएको अधिकारीले बताए । गाडीमा गियर बक्स नभएकाले बिस्तारै चल्ने उनले बताए । भविष्यमा आफ्नो सीपलाई व्यावसायिक रुपमा अघि बढाउने उनको भनाइ छ । उनको प्रयासको विद्यालयका शिक्षक विद्यार्थीले सह्राना गरेका छन् ।