८ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेश : समानुपातिकतर्फ यस्तो छ सिट बाँडफाँड
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभामा समानुपातिकतर्फ १० पार्टीको प्रतिनिधित्व भएको छ ।

निर्वाचन आयोगले बुधबार गरेको प्रदेशसभाको सिट बाँडफाँटमा एमालेले सबैभन्दा बढी ११ सिट पाएको छ।
यस्तै कांग्रेसले १० सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ ।

यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले २–१ सिट पाउँदा एक सिटसहित समानुपातिकमा जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको पनि प्रतिनिधित्व पाएका छन् ।

लुम्बिनीमा समानुपातिकतर्फ ३५ जना निर्वाचित हुने हुँदा सोही अनुसार सिट बाँडफाँड गरिएको आयोगले जनाएको छ ।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech