८ श्रावण २०८१, मंगलवार

१७ वर्षीया किशोरीको दिल्लीबाट उद्धार
  • न्युज मानसराेवर

बाँके\डेढ महिनादेखि अर्घाखाँचीबाट हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ।

किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगन्ज ल्याइएको हो।

दिल्लीको कोत्ला मुवारकपुर पुलिस थानाको सहयोगमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको प्रहरीले जनाएको छ।

गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया किशोरी शान्ति पुनर्स्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बता ।

दिल्ली प्रहरीका डिसीपी एमएसचन्दन चौधरीको निर्देशन र कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा किशोरीलाई फकाएर भारत पुर्‍याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

  • २४ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech