६ असार २०८२, शुक्रबार

आचार्य द्धारा ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना व्यक्त
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपािलका मेयर पूर्ण प्रसाद आचार्यले ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसरमा शुभकामना व्यक्त गरेका छन।कोहलपुर नगरपालिका स्थानीय जनताप्रति जवाफदेही सरकारका रुपमा स्थापना गर्न प्रतिवद्ध रहेको समेतआचार्यले उल्लेख गरेका छन।

उनले मानव अधिकार कोहलपुर नगरका  आम नागरिकहरुलाई प्रत्याभूत हुने गरी स्थानीय सरकारले आफ्ना नीति निमार्ण निमार्ण तथा कार्यान्वयन गर्दै स्थानीय विकासमामा केन्द्रिकृत रहेको समेत शुभकामनामा भनेका छन।

उनले स्थानीय सरकारले नागरिकहरुका मौलिक अधिकार शिक्षा, स्वरोजगार नीति निमार्ण तथा कार्यान्वयन गरिरहेको उल्लेख समेत गरेका छन।

सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले मानव अधिकार दिवसका रूपमा मनाउँदै आएको छ।

  • २४ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech