४ श्रावण २०८१, शुक्रबार

लागुऔषधसहित बाँकेमा एकजना पक्राउ
  • न्युज मानसराेवर

बाँके\खैरो हिरोइनसहित नेपालगञ्जबाट एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१७ नदैगाउँका २५ वर्षीय पप्पु रैदासलाई १० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल आउँदै गरेका रैदासको शंकास्पद गतिविधि देखिएपछि जमुनाह प्रहरीले जाँच गरेको थियो । त्यसक्रममा ट्राउजरको बायाँ खल्तीमा कालो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ । रैदासमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech