८ श्रावण २०८१, मंगलवार

टरिगाउँ विमानस्थलको रिफिल उदघाटन
  • न्युज मानसराेवर

दाङ\दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित एयरर्पोटमा आइतबार रिफिल उदघाटन गरिएको छ । ६ महिनाअघिनै विमानस्थलको डिपोमा इन्धन राखिए पनि उदघाटन हुन सकेको थिएन ।

शनिबार उदघाटन गर्ने तयारी भएपनि काठमाण्डौबाट दाङ आउनका लागि एकजना पनि यात्रु नभएपछि जहाज दाङ आउन नसक्दा शनिबार उदघाटन गर्ने कार्यक्रम रोकिएको थियो ।

आज जहाज आएपछि रिफिल उदघाटन गरिएको नेपाल वायू सेवा निगम दाङका स्टेशन प्रमुख महेन्द्र शर्माले जानकारी दिए । उनकाअनुसार अनौपचारिक रुपमा रिफिलको उदघाटन भएको हो ।

दाङ–काठमाण्डौ हवाई भाडा न्यूनतम ८ हजार ८ सय १० छ भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाण्डौभन्दा दाङ आउँदा भने यात्रुले दुई सय रुपैयाँ बढी तिर्नु पर्छ ।

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech