१३ मंसिर २०८१, बिहीबार

अध्यादेश लोकतन्त्र र विधिको शासन माथीको उपाहासः ढकाल
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकालले पाँच दलित गठबन्धले ल्याएको  अध्यादेश  लोकतन्त्रको उपाहास र विधिको शासन माथीको प्रहार भएको दावि गरेका छन।

न्यूज मानसरोबर  डट कम सँग कुरा गर्दै ढकालले सत्ता स्वाथको लागि ल्याइएको अध्यादेश खारेज हुन आवश्यक रहेको समेत बताए ।

उनले गठबन्धनले अध्यादेश ल्याउएर लोकतन्त्रको उपास हो समेत आरोप लगाएका छन।

उनले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको नाममा ल्याउन लागिएको भनिएको अध्यादेश  आफ्ताब आलम लगाएत अपराधी छुटाउने गृह कार्य भइरहेको समेत ब्याङगे गरेका छन। ढकालले अध्यादेश  विरुद्ध आम नागरिक समाज राजनितिक दलले डटेर प्रतिवाद गर्नु पर्ने समेत उल्लेख गरे ।

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय

रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ।  राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको जानकारी दिए ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो ।

 

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech