८ श्रावण २०८१, मंगलवार

दुर्घटनामा एकको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ट्याक्टर दुर्घटना हुँदा सोमवार एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका २ खाकाबेसीमा ट्याक्टर दुर्घटना हुँदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी ३५ वर्षका चालक ठाकुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय खोलाबाट बालुवा लिएर गएको लु ४ त १२२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी गराएका छन।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech