बाँके\ बाँकेको डुडुवा गाउँपालिकामा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाको गाउँसभा नहुँदा आफूहरूको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन। नयाँ आर्थिक वर्ष २०७९/८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोशित बनेका हुन्।
डुडुवा गाउँपालिका कर्मचारीले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयहरूमा पनि शिक्षकहरुले आंशिक अध्यापन गराएका छन् ।