८ श्रावण २०८१, मंगलवार

बाँकेमा नियमित उपचार गराउँदै ५ सय ३८ जना एचआइभी सङ्क्रमित
  • न्युज मानसराेवर

बाँके\एचआइभी एड्सबाट सङ्क्रमित भएका बाँकेका ५३८ जनाले नेपालगन्जस्थित भेरी अस्पतालमा नियमित उपचार गराइरहेका छन् । स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन मानबहादुर नेपालीका अनुसार जिल्लामा ५३८ जना सङ्क्रमितहरूले एआरटी उपचार गराइरहेका छन् । भेरी अस्पतालबाट उनीहरूले सो सेवा लिइरहेको बताएका छन। सुरुवातदेखि भेरी अस्पतालमा एआरटी उपचार लिनेहरू एक हजार ५१६ जना रहेकोमा ती मध्ये बाँकेका मात्रै ५३८ जना रहेको फोकल पर्सन नेपालीले भने ।

आर्थिक वर्ष २०७६/०७७ मा कुल छ हजार २०० जनाको परीक्षण गर्दा ११६ जना, २०७७/०७८ मा नौ हजार ५७६ जनाको परीक्षण गर्दा ११७ जना, २०७८/०७९ मा ११ हजार ७५४ जनाको परीक्षण गर्दा १५७ जनामा एचआइभी पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बाँकेमा हालसम्म एचआइभी एड्सबाट १७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही उपचारका क्रममा रहेका अन्य जिल्लाका सङ्क्रमित रहेका छन् ।

सरकारले २०३० सम्ममा एचआइभी/एड्सको महामारीलाई अन्त्य गर्ने अर्थात् शून्य नयाँ एचआइभी सङ्क्रमण, शून्य एड्स सम्बन्धित मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभावको लक्ष्य लिएको छ ।

  • २९ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech