८ श्रावण २०८१, मंगलवार

बहुमुल्य बुद्धको मुर्ति चोर सहित प्रहरीले सार्वजनिक गर्यो अभियुक्तहरु
  • न्युज मानसराेवर

बाँके\ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न अपराधिक घटनामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको छ । चोरीको धनमाल सहित चार जना, बहुमुल्य बुद्धको मुर्तिसहित २ जना र चोरी गरि लिएको मोटरसाईल सहित एक जना बिहिबार कोहलपुरमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै प्रहरीले अभियुक्तहरु सार्वजनिक गरेको हो ।

गत मंशिर २२ गते कोहलपुर वडा नं. २ बिकासनगरमा स्थानियको घर फोडि नगद, सुनचादिका गरगहना, ल्यापटप, मोबाईल चोरीगरि फरार रहेका ध्रुवसिंह ठकुरी, नबिन बि.क., दुई नाबालकलाई पक्राउ गरि चोरी मुद्धा दर्ता गरि आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसै गरि मंशिर २४ गते बांकेको राप्तिसोनारी गाउपालिका वडा नं. २ अगैयाबाट बहुमुल्य बुद्धको मुर्तिको कारोबारबारे सुचना पाएर प्रहरीले पांचथरका झर्मेन्द्र प्रसाद रेग्मि र गोरखाका देव बहादुर मग्रातीलाई ६ केजि चार सय बिस ग्राम एक थान बुद्धको मुर्ति सहित दुबै जनालाई प्राचिन स्मारक सम्बन्धि कसुरमा मुद्धा दर्ता गरि कारबाहिका लागि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले दुई जनालाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको पनि जनाएको छ ।

कोहलपुर १२ चप्परगौरीका झलक बहादुर श्रेष्ठको भे ७ प ११९३ को होण्डा साईन मोटरसाईकल सहित कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहिले कोहलपुर ११ एकतानगरका यज्ञराज सेजवालाई मोटरसाईकलको नंम्बर परिवर्तन गरि भे५प ६५१७ बनाई बिक्रि समेत गरि सकेको अबस्थामा दुबै जनालाई पक्राउ गरेको जनाएको छ । कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहि पटक पटक मोटरसाईकल चोरी गरि पक्राउ परीसकेका ब्यक्ति भएको कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपि ऐन बहादुर मल्लले भनेका छन।

  • २९ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech