बुटवल\नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँनले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँनले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन्।