७ असार २०८२, शनिबार

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो आग्रह
  • न्युज मानसराेवर

बाँके\स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सजग हुन आग्रह गरेको छ ।

मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुमा पछिल्लो समय संक्रमण तीव्र बनिरहेको अवस्थामा नेपालमा पनि नयाँ भेरियन्ट पुष्टि भएको भन्दै सचेत हुन आग्रह गरेका हुन् ।

यद्यपी, छिमेकी मुलुकहरुमा पुष्टि भएका बीएफ ७ भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको विज्ञप्तिमा भनिएको छ ।

कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले मास्क लगाउन, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सबैमा अनुरोध गरेको छ ।

  • ७ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech