बैजनाथ\ बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरिएको छ।
बैजनाथ गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपाल तथा उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित सना किनास उद्यमी सुढृढिकरण परियोजना मार्फत गठित संस्थाको दोस्रो साधारण सभा सम्पन्न गरिएको हो ।
सभाको उत्घाटन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गरेका थिए ।
उत्घाटन सत्रमा बोल्दै शाहीले उत्पादन तथा बजारीकरणका सवालमा सहकारीले खेलेको भूमिका उल्लेखनी रहेको बताए । उनले स्थानीय सरकार यस्था सहकारीहरुको शशक्तिकरण तथा समन्वयन समृद्ध बैजनाथ निमार्णमा केन्द्रित हुने विश्वास समेत व्यक्त गरेका थिए ।
त्यसै गरी कार्यक्रममा विशिष्ट अथिति बैजनाथ गाउँपालिका संस्थापक अध्यक्ष मान बहादुर रुचालले महिला शशक्तिकरण र समृद्ध बैजनाथ निमार्णका कार्यक्रमले महत्वपूर्ण योगदान गरेको बताए ।
उनले महिलाहरुको नेतृत्व विकासले समाज रुपान्तरण हुने विश्वास लिएर नै कार्यक्रम संचालन गरिएको समेत बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन बैजनाथ गाउँपालिका अध्यक्ष लगाएत जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया , वडा कार्यपालिका सदस्य लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा आर्थिक प्रतिवेद संस्थाका व्यवस्थापक रिता बुढाले बाचन गरेकी थिन भने संस्थाको प्रगति विविरण संस्थाका सचिव गंगा वलीले प्रस्तुत गरेकी थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता तथा बजारीकरकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।दोस्रो साधारण सभाको उत्घाटन सत्रको अध्यक्षता सहकारी संस्थाको संस्थापक अध्यक्ष कल्पना थापा मगरले गरेकी थिइन ।संस्थाले १ करोड भन्दा माथीको कारोबार गरेको बताइएको छ ।
संस्थाको दोस्रो साधारण सभा बाट कलला बुढाको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गरिएको छ ।
संस्थाको उपाध्यक्षमा लिला चन्द सचिवमा गंगा वली कोषाअध्यक्षमा सिता थारु बरिष्ठ सदस्यमा पारवती बुढा चयन गरिएको छ ।
भने अन्य बैजनाथ गाउँपालिका वडा न १ देखी ४ वडा बाट सदस्य चयन गरिएको बैजनाथ सामाजिक उद्यमी महिला सहकारीका लेखा तथा बजार व्यवस्थापक आकाश रुचालले जानकारी गराएका छन। साधारण सभाको उद्घाटन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाही तथा निवर्तमान अध्यक्ष मान बहादुरु रुचालले गरेको थिए ।