८ असार २०८२, आईतवार

नरैनापुरमा सिँचाइका लागि डिप बोरिङ जडान सुरु
  • न्युज मानसराेवर

बाँके\बाँकेको सुख्खाग्रस्त क्षेत्र घोषित गरिएको नरैनापुर गाउँपालिकामा वैकल्पिक सिँचाइका लागि डिप बोरिङ गाड्न (जडान) सुरु
गरिएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने नरैनापुर क्षेत्रमा योे वर्ष समयमै वर्षा नहुँदा १० प्रतिशत मात्र रोपाइँ भएर सबै खेत बाँझै रहेपछि नरैनापुर गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारसँग राहत मागेको थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले नरैनापुर –१ बिर्तामा डिप बोरिङ गाड्ने कामको शुभारम्भ गरेका छन। उनले डिप बोरिङ गाड्ने कार्यको शुरुवात गर्दै अर्थमन्त्री जनार्दन शर्माको प्रतिबद्धताअनुसार नै सङ्घीय सरकारबाट र प्रदेश सरकारबाट नरैनापुरमा डिप बोरिङ गाड्न बजेट विनियोजन भएको बताए ।

नरैनापुरका –६ वटा वडामध्ये हरेक वडामा चार–चार वटाका दरले २४ वटा डिप बोरिङ गाडिने कार्यक्रम रहेको पनि प्रदेश सांसद केसीले जानकारी गराइन। हरेक वडामा चार–चार वटा बोरिङ गाडिएपछि समयमै खेती गर्न प्रयाप्त पानीको व्यवस्था हुने पनि केसीले जानकारी गराइन । बोरिङ सञ्चालनमा आएपछि सो क्षेत्रका किसानले पहिले हिउँदे र बर्खेबाली लगाउने गरेकोमा अब बाह्रैमास फरक खेती गर्न पाउनेछन् । मौसमी र बेमौसमी तरकारी लगाएर पनि आम्दानी गर्न सक्नेछन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले धान बाली र गहुँखेती मात्र गरिरहेका नरैनापुरबासीले बोरिङबाट सिँचाइ सुविधा पाएपछि अब तीन बाली लगाउन सक्ने बताए ।पालिकाले सो क्षेत्रलाई सुख्खाग्रस्त घोषणा गरेपछि सङ्घीय सरकारका अर्थमन्त्री शर्मालाई सो क्षेत्रको अवलोकन गराएर बजेटका लागि प्रदेश सांसद केसी र पालिका अध्यक्ष शाहले पहल गरेका छन।

  • ११ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech