८ असार २०८२, आईतवार

सुन र पैसासहित पक्राउ परेका डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस
  • न्युज मानसराेवर

बाँके/ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न गृहमन्त्रालयसमक्ष सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले नेपाल प्रेसलाई बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको थियो । केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रूपैयाँ नगदसमेत बरामद गरिएको सीआईबी स्रोतले बताएको छ । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रूपैयाँ मागेको आरोप छ ।

इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । निवासमै भएका बेला काठमाडौंबाट आएको टोलीले नियन्त्रणमा लिएर राखेको छ ।

  • १२ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech