१० बैशाख २०८२, बुधबार

धान उत्पादन बढ्यो, बिहीबार मन्त्रालयले विवरण सार्वजनिक गर्ने
  • न्युज मानसराेवर

बाँके\ यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा केही प्रतिशत वृद्धि भएको छ ।

मन्त्रालयको यस वर्षको धान उत्पादनको सम्पूर्ण विवरण भोलि (बिहीबार) सार्वजनिक गर्ने जनाएको छ ।

बुधबार मन्त्रालयले धान उत्पादनको विवरण सार्वजनिक गर्ने तयारी गरे पनि सचिवस्तरीय निर्णय हुन बाँकी रहेकाले भोलि सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता सञ्जेलले जानकारी गराएका छन।

गत वर्ष धानबाली भित्र्याउने समयमा बेमौसमी वर्षा भएका कारणले धान उत्पादनमा कमी आएको थियो । यस वर्ष धानबाली लगाउने समयमा पर्याप्त समयमा पानी परेको र भित्र्याउने समयमा उपयुक्त मौसम भएका कारण उत्पादन बढेको बताइएको छ ।

  • १३ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech