३ माघ २०८१, बिहीबार

निर्यात प्रवर्द्धनमा अन्तरराष्ट्रिय गैससहरू, बजारीकरण र प्रविधिमा हुन सक्छ सहयोग
  • न्युज मानसराेवर

नेपाल खुला युगमा प्रवेश गरेसँगै अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको प्रवेश भएको हो ।  नेपाली जनताको हित तथा सरकारका विकास कार्यक्रममा सहयोगको घोषित उद्देश्य राखेका यस्ता कैयौं संस्था नेपालमा क्रियाशील छन् । नेपाल सहायता प्रतिवेदन २०२१ का अनुसार आर्थिक वर्ष (आव) २०२०/२१ (सन्) मा कुल ८७ ओटा अन्तरराष्ट्रिय गैरसरकारी संस्था नेपालमा क्रियाशील रहेको देखिएको छ ।

नेपाल सहायता प्रतिवेदन २०२१ का अनुसार आव २०२०/२१ मा नेपालको बजेटरी क्षेत्रमा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको अंश अघिल्लो आवको सोही अवधिको तुलनामा २१ दशमलव ५८ प्रतिशतले वृद्धि भई १६ करोड २ लाख अमेरिकी डलर पुगेको छ । विकास सहायता प्रतिवेदन २०२१ का अनुसार नेपालका अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू सेवाप्रवाह, पैरवी, चेतना अभिवृद्धि तथा उत्तरदायित्व सबलीकरण गरी चार क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ । उक्त अवधिमा सबैभन्दा बढी योगदान दिने अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूमा सेभ दि चिल्ड्रेन नेपाल रहेको छ भने अन्य प्रमुख योगदानकर्ता अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूमा लेप्रोसी मिशन, वल्र्ड भिजन इन्टरनेशनल, प्लान इन्टरनेशनल र कतार च्यारेटी रहेका छन् ।

नेपालमा सबैभन्दा बढी अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू भएको मुलुकमा संयुक्त राज्य अमेरिका रहेको छ भने संयुक्त अधिराज्य, जर्मनी, जापान, इटालीजस्ता देशहरूबाट दशभन्दा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू नेपालमा सक्रिय रहेका छन् । नेपालमा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू सञ्चालन गरिरहेका अन्य मुलुकमा अस्टे«लिया, बेल्जियम, ब्राजिल, क्यानडा, चीन, चेकगणतन्त्र, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, द.कोरिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, न्युजील्यान्ड, नर्वे, कतार, साउदी अरेबिया, स्पेन, स्वीड्न, स्वीट्जरल्यान्ड, थाइल्यान्ड रहेका छन् । यसरी विश्वका अधिकांश विकसित र विकासशील मुलुकबाट नेपालमा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू सक्रिय रहेको पाइन्छ ।

यसरी ठूलो संख्यामा नेपालमा सक्रिय अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई नेपालको निर्यात व्यापार प्रवद्र्धन हुने गरी परिचालन गर्न सकिएको छैन । अर्थ मन्त्रालयबाट प्रकाशित विकास सहयोग प्रतिवेदनमा पनि नेपालमा सक्रिय अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको कार्यक्षेत्र चारओटा विषय (सेवा प्रवाह, पैरवी, चेतना अभिवृद्धि तथा उत्तरदायित्व सबलीकरण)मा केन्द्रित रहेको सन्दर्भमा नेपालमा सक्रिय अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई निर्यात प्रवद्र्धन क्रियाकलापमा केन्द्रित गर्नु आजको प्रमुख चुनौती रहेको छ ।

उपर्युक्त तथ्य र तथ्यांकमा आधारित रही आगामी दिनमा निर्यात प्रवद्र्धन क्रियाकलापमा केन्द्रित हुने गरी नेपाल सरकारले अन्तरराष्ट्रिय गैरसरकारी संस्था परिचालनको नयाँ अवधारणामा जानु आवश्यक भइसकेको छ । यसका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको नेपालमा गर्ने बजेटरी र गैरबजेटरी सहयोग दुवैमा प्रतिफलमुखी निर्यात प्रवद्र्धन कार्यक्रमहरूमा गरिने खर्चको हिस्सा कति हुनुपर्ने हो त्यो निर्धारण हुनु जरुरी छ । यसो

गर्दा देहायका आधारहरू लिन जरुरी देखिन्छ
(१) प्रविधि हस्तान्तरण र स्तरोन्नति: नेपाली निर्यातजन्य क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगको कमी रहेको सन्दर्भमा नेपाली निर्यातयुक्त उद्योगहरूको उत्पादन क्षमता, उत्पादन शैली र उत्पादन प्रक्रियामा सुधार ल्याउन चाहिने उपयुक्त प्रविधि नेपाल भित्र्याउन सम्बद्ध अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले आफ्नो स्रोत मुलुकहरूमा पहलकदमी लिई उचित वातावरण तयार गर्नुपर्छ । यसो गर्न सकेको खण्डमा नेपाली निर्यातयुक्त उद्योगहरू आधुनिक प्रविधिबाट युक्त भई नेपाली उत्पादनहरू अन्तरराष्ट्रिय बजारमा थप प्रतिस्पर्धी हुन सक्ने देखिन्छ ।

(२) गुुणस्तर अभिवृद्धि : नेपाली निर्यातजन्य वस्तुहरूले भोगिरहेको प्रमुख समस्यामा बजार प्रवेशमा गुणस्तरको मान्यता पनि रहेको छ । नेपाली वस्तुहरू गुणस्तरीय हुँदाहुँदै पनि प्रमाणीकरणको मान्यताको अभावमा बजारमा सहज पहुँच प्राप्त गर्न सकेका छैनन् । यस समस्याको समाधानमा सबैभन्दा प्रभावकारी भूमिका नेपालमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले खेल्न सक्ने देखिएको छ । यस सन्दर्भमा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको नेपालमा हुने लगानी नेपाली प्रयोगशालाको स्तरोन्नत्ति, पारस्परिक मान्यता सम्झौता र प्रयोगशालाको मान्यताजस्ता विषयमा केन्द्रित हुनु आवश्यक देखिएको छ । नेपालमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको स्रोत मुलुकहरूमा उनीहरूले गर्ने लबिङ अझ प्रभावकारी हुन्छ । ती संस्थाले सहयोग गरेका नेपालका गुणस्तर प्रमाणीकरण गर्ने निकायको विश्वसनीयता स्रोत मुलुकमा अझ वृद्धि हुन जान्छ । यस परिस्थितिमा नेपालका कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोग नेपाली निर्यातयुक्त क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने क्षेत्रमा केन्द्रित हुन जरुरी देखिन्छ ।

(३) बजार अनुसन्धान: नेपालजस्तो सानो आकारको अर्थतन्त्र र साना उद्यमीहरूको बाहुल्य भएको देशमा बजार अनुुसन्धान एक बोझिलो कार्य हुँदै आएको छ । यस बोझलाई हल्का गर्न नेपालमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले ठूलो भूमिका खेल्न सक्छन् । नेपाली निर्यातयोग्य वस्तुको अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूका स्रोत मुलुकहरूमा कस्तो बजार छ र कस्तो रणनीति अंगीकार गर्न सकेको खण्डमा नेपाली वस्तु ती देशमा प्रतिस्पर्धी हुन सक्छन् भन्ने जस्ता विषयमा नेपालमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले आप्mनो प्राथमिकता केन्द्रित गर्न आवश्यक देखिएको छ । यसो गर्न सकेको खण्डमा नेपाली निर्यातयुक्त क्षेत्रले बजार अनुसन्धानमा भोग्नु परेको वर्तमान समस्या सहज रूपमा सम्बोधन हुने देखिन्छ ।

(४) बजार प्रवेश: नेपाली निर्यातयोग्य वस्तुलाई अन्तरराष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन बजार प्रवेश र बजारमा पहिचान स्थापना गर्नु जरुरी हुन्छ । यो कार्य पनि निर्यात प्रवद्र्धनको सबैभन्दा महŒवपूर्ण तथा जटिल कार्यमा रूपमा रहिआएको छ ।

यस जटिल कार्यलाई नेपालमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले सजिलै सम्पन्न गर्न सक्छन् । विशेष गरी उनीहरूले आप्mना स्रोत मुलुकमा किन नेपालबाट आयात गर्ने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्छन् । नेपाली निर्यातयोग्य वस्तुलाई आप्mना मुलुकमा आयोजना हुने व्यापार मेला तथा प्रदर्शनीमा सहभागितामा गर्न प्रक्रियात्मक, सूचनात्मक र आर्थिक सहजीकरण गर्न सक्छन् ।

नेपाली निर्यातकर्ता र सम्बद्ध देशका आयातकर्ताबीच प्रभावकारी रूपमा बीटुबी सम्मेलन आयोजना गरी बजार विस्तारमा सहयोग गर्न सक्छन् । आप्mना देशमा सञ्चारमाध्यममा लेख रचनामार्पmत नेपाली वस्तुको प्रचारप्रसार गर्ने भूमिका निर्वाह गर्न सक्छन् र सबैभन्दा महत्त्वपूर्ण पक्ष नेपाली उत्पादनका बारेमा बजारमा रहेका नियोजित भ्रमहरूलाई निस्तेज गर्न पनि नेपालमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको ठूलो भूमिका रहन्छ ।

(५) दुर्गम क्षेत्रमा उत्पादनहरूको मूलप्रवाहीकरण: नेपालको दुर्गम क्षेत्रमा पिछडिएका वर्गहरूबाट उत्पादित सामग्रीहरूलाई अन्तरराष्ट्रिय बजारमा पहिचान गरी संरक्षणात्मक नीतिअन्तर्गत उनीहरूको आर्थिक सशक्तीकरण गर्न अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले ठूलो भूमिका खेल्न सक्छन् । उदाहरण राउटेहरूबाट उत्पादित काठका सामानहरूलाई विशेष पहिचानसहित नेपालमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले आफ्नो स्रोत मुलुकमा निकासीको वातावरण सृजना गर्ने हो भने यो भन्दा ठूलो योगदान अरू हुनै सक्दैन ।

यसरी उपर्युक्त पाँचओटा क्षेत्रमा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई सक्रिय तुल्याउन नेपाल सरकार र दातृ निकायहरूले विशेष पहल लिनु आवश्यक देखिन्छ ।

लेखक व्यापार तथा निकासी पर्वद्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । 

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech