१३ मंसिर २०८१, बिहीबार

लुम्बिनी प्रदेशको नेतृत्व नछोड्न एमाले सांसदको नेतृत्वलाई दबाब
  • न्युज मानसराेवर

बुटवल\नेकपा एमालेबाट लुम्बिनी प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले प्रदेश मुख्यमन्त्री नछोड्न केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन् ।एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शुक्रबार बुटवलमा भएको संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेलाले लुम्बिनी प्रदेशमा संघ र प्रदेश दुवैमा एमाले पहिलो दल भएको भन्दै नयाँ राजनीतिक समीकरणअनुसार मुख्यमन्त्री एमालेकै हुनु पर्नेमा जोड दिएका हुन् ।

एमाले केन्द्रीय कमिटीका सचिव एवं प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको उपस्थितिमा भएको भेलाले मुख्यमन्त्री नछोड्न दबाब दिएको हो । भेलामा प्रतिनिधिसभामा निर्वाचित २१ मध्ये १४ र प्रदेशसभामा निर्वाचित २९ जना सहभागी थिए ।

एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शुक्रबार बुटवलमा भएको संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेलाले लुम्बिनी प्रदेशमा संघ र प्रदेश दुवैमा एमाले पहिलो दल भएको भन्दै नयाँ राजनीतिक समीकरणअनुसार मुख्यमन्त्री एमालेकै हुनु पर्नेमा जोड दिएका हुन् । एमाले केन्द्रीय कमिटीका सचिव एवं प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको उपस्थितिमा भएको भेलाले मुख्यमन्त्री नछोड्न दबाब दिएको हो । भेलामा प्रतिनिधिसभामा निर्वाचित २१ मध्ये १४ र प्रदेशसभामा निर्वाचित २९ जना सहभागी थिए ।

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech