बुटवल\रुपन्देहीको प्रख्यात बौद्ध धार्मिक स्थल लुम्बिनीमा अवस्थित अति नै सुन्दर विश्व शान्ति स्तुप छ। यस स्तुपामा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएको छ।
सद्धर्मपुण्डरिक सूत्र (लोट्स सूत्र) मा उल्लेख भए अनुसार विश्वमा शान्ति मैत्री र सद्भावना फैलाउन एव पृथ्वीलाई शुद्ध र स्वच्छ भूमिको रूपमा स्थापनार्थ यस लुम्बिनी शान्ति स्तूपको निर्माण गरिएको हो।