बाँके\जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो ।
क्रसर उद्योगले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणीकरण गराएको पत्र र उद्योग नवीकरणसम्बन्धी कागजात १५ दिनभित्र पेस गर्न उद्योगहरूलाई पत्राचार गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी गराए।
बैठकले उद्योगको प्रभावकारी अनुगमन, स्टक प्रमाणीकरण, जरिवाना निर्धारण, प्रोत्साहन पुरस्कार सम्बन्धमा निर्णय पनि गरेको समेत जानकारी गराएका छन।