८ असार २०८२, आईतवार

बाँकेमा दादुरा बाट एक बालककाे मृत्यु
  • न्युज मानसराेवर

बाँके/ बिरामी भएका बालबालिकामध्ये बुधबार एक बालकको मृत्यु भएपछि नेपालगन्जमा संक्रमणको खतरा बढेको भन्दै प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर सहयोगका लागि स्थानीय सरकारलाई पत्राचार गरेको छ ।

गत शनिबार नेपालगन्ज उपमहानरपालिकोको वडा नम्बर–५,स्थित एउटै परिवारका ४ बालबालिकामा दादुरा भएको फेला पारेका थिए । अभिभावकले दादुराबाट बिरामी भएका बालबालिकालाई लुकाएकाले उपचार तथा रोग निदानमा ढिलाइ भएको थियो ।

‘धेरैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले भनिन्, ‘मृत्यु हुने बच्चा पनि सम्पर्कमा आइसकेको थिएन । अब थप बिरामीको खोजी गर्दै र दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’ उनले ४५ हजार डोज खोप आइपुगेको र जनशक्ति जुटाएर दादुरा  राेग नियन्त्रणमा  सबै जुट्ने बताईन  ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech