८ असार २०८२, आईतवार

ढकालको उपन्यास ‘ब्रुहान’ उत्कृष्ट पठनीय कृति सम्मान प्रदान
  • न्युज मानसराेवर

बाँके\बाँकेका वरिष्ठ साहित्यकार महानन्द ढकालको उपन्यास ‘ब्रुहान’लाई २०७९ सालको उत्कृष्ट पठनीय कृति सम्मान प्रदान गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घको लुम्बिनी प्रदेश शाखाले सो सम्मान गरेको हो ।

नेपालका आदिवासी थारु जातिको सामाजिक र सांस्कृतिक रूपान्तरणमा केन्द्रित लेखिएको कृति ‘ब्रुहान’ ले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्‍याएको अविस्मरणीय योगदानको उच्च मूल्याङ्कन गर्दै सो उपन्यासलाई यस वर्षको उत्कृष्ट पठनीय कृति सम्मान प्रदान गरिएको विश्व नेपाली साहित्य महासङ्घको लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलले जानकारी गराए ।

‘ब्रुहान’ उपन्यासका लेखक साहित्यकार महानन्द ढकाललाई प्राज्ञ तथा वरिष्ठ साहित्यकार सनत कुमार रेग्मीले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech