९ असार २०८२, सोमबार

रुबीको टोलीसँग बाँकेका सांसद ढकाल,बसे एकेबद्धता सहित धर्नामा
  • न्युज मानसराेवर

डेक्स \न्यायको माग गर्दै रुबी खानसहितको टोलीले गरेको आन्दोलनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं. १ का संघिय सांसद सुर्य ढकालले आज माइतीघर मण्डलामा एकेबद्धता  जनाएका छन।

रुबी खानसहितको टोलीले  माइतीघर मण्डलामा जारी राखेको धर्नामा ढकालले एकेबद्धता जनाएका हुन ।अपहरणपछि मारिएका विधुवा महिलाहरुको न्यायको माग गर्दै उनीहरुले अनिश्चितकालीन धर्ना तथा रिले अनशन जारी रहेको छ ।

सांसद ढकालले संक्षित प्रतिक्रिया दिदै सरकारले अबिलम्ब दोषीलाई कानूनी दायरा ल्याउने पर्ने आफ्नो र पार्टीको धारणा रहेको बताए ।

महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष रूबी खानको नेतृत्वमा आयोजित धर्ना शरीर बन्धक बनाएर मारिएकी निर्मला कुर्मी र घरेलु हिंसाबाट पीडित नन्कुन्नी धोबीको न्यायको लागि गरिएको हो ।

उनीहरुले मारिएका अन्य विधुवा महिलाहरुको न्यायका साथै विभिन्न मागहरु राखेका छन् । विधुवा महिला निर्मला कुर्मीको हत्याको घटना तथा घरेलुहिंसा पीडित महिला नन्कुन्नी धोबीको हत्या प्रकरण छानबिन समितिले पेश गरेको र प्रतिवेदन अविलम्ब सार्वजनिक गरिनुपर्ने उनीहरुको माग छ । निर्मला कुर्मीको घटना छिटोभन्दा छिटो शुरूदेखि अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक गर्न उनीहरुले भनेका छन् ।  ‘न्यायको लागि सरकार खोज्दै छौँ ’ भन्दै रुबी खानसहितको टोलीले २०७८ पुष १ गते बाट राजधानी स्थित माइतीघर मण्डलामा धर्ना दिइरहेका छन।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech