१३ मंसिर २०८१, बिहीबार

लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए सपथ
  • न्युज मानसराेवर

दाङ\लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा मुख्यमन्त्री गिरीलाई सपथ खुवाएका हुन्।

बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन परिसरमा सपथ लिए।

मुख्यमन्त्रीको सपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको सपथ खुवाए। मन्त्रीद्वयलाई हाल बिनाविभागीय नियुक्त गरिएको छ। दलहरुबीच भागबन्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउनेछन्। मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइए पनि प्रदेश प्रमुख शेरचन सपथ खुवाउन आज बिहानै देउखुरी हिँडेका थिए।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech