१२ मंसिर २०८१, बुधबार

राजधानी व्यवस्थापन गर्ने चुनौती काँधमा आयो : मुख्यमन्त्री गिरी
  • न्युज मानसराेवर

दाङ\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनौती र सम्भावना आफ्नो काँधमा आएको बताएका छन।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकामा आयोजित तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री
गिरीले उक्त कुरा बताएका हुन। बैठकका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने जानकारी समेत गराए ।

गिरीले‘‘अब राजधानी कार्यान्वयनको कमलाई तीव्रता दिन मुख्यगरी स्थायी संरचना निर्माण गर्नु नै हो, यो काम सबैको संयोगमा सजिलै अघि
बढ्छ ।’’  समग्र प्रदेश सरकार सफल भयो भने सिङ्गो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै यसका लागि सञ्चार जगतको सहयोग अपरिहार्य हुने भन्दै सहयोग गर्न आग्रह गरेका छन। चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा बैठक भएको भएको थियो ।

  • ३० पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech