२७ जेष्ठ २०८२, सोमबार

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, छैन वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\चार प्रदेशमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराई भू–भागमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसममा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech