११ बैशाख २०८२, बिहीबार

बाँके स्थित जमुनाहा नाकामा चोरी पैठारी रोक्न कडाइ
  • न्युज मानसराेवर

बाँके\नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नयाँ सरकार गठन भएलगत्तै सीमा नाकामा कडाई गरेर अवैध आयात निर्यात शून्यमा झार्ने निर्देशन आएपछि कडाई शुरु गरिएको जानकारी गराए ।

अवैध चोरी पैठारी रोक्न जिल्लाका विभिन्न नाकामा सशस्त्र द्वन्द्वको बेला विस्थापित भएका छोटी भन्सारलाई फेरि स्थापना गर्ने प्रक्रिया पनि शुरु गरिएको  समेत उल्लेख गरे ।

छोटी भन्सार नहुँदा पनि लाखौंको राजस्व चुहावट भइरहेकाले सो रोक्न पनि अतिआवश्यक रहेको प्रहरीको भनाइ छ ।

नाकामा कडाइ गरिएपछि अवैध रुपमा भित्र्याउन खोजिएका विभिन्न सामान धमाधम प्रहरी नियन्त्रणमा लिइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए ।

तीन दिनमै पाँच लाखभन्दा बढीको अवैध कपडा बरामद गरिएको समेत एसपी सन्तोषसिंह राठौरले भनेका छन।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech