१३ बैशाख २०८१, बिहीबार

बाजुरा भूकम्प : चार घर भत्किए
  • न्युज मानसराेवर

बाजुरा \बाजुरामा केन्द्रबिन्दु बनाएर मङ्गलबार दिउँसो गएको भूकम्पका कारण चार घर भत्किएका छन् ।

दिउँसो २ बजेर ४३ मिनेटमा बैतडीसहित सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले बाजुराको बडिमालिका नगरपालिकाका–७ र ९ नम्बर वडामा चार वटा घर भत्किएका छन् भने मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले जानकारी गराएका छन। भूकम्पले घर भत्केको सूचना आएपछि प्रहरीको टोली परिचार गरिएको जानकारी उनले जानकारी गराए ।

बाजुरा केन्द्र बिन्दु भएर गएको भूकम्पको धक्का, बैतडी, बझाङ, अछाम, डडेल्धुरा र धनगढीलगायतका जिल्लामा महसुस गरिएको छ । अन्य जिल्लामा कुनै धनजनको क्षति नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech