१५ चैत्र २०८०, बिहीबार

समृद्ध लुम्बिनी प्रदेश निमार्णमा सबै एक हौंः सांसद खत्री
  • न्युज मानसराेवर

बाँके\सांसद रत्न खत्रीले समृद्ध लुम्बिनी प्रदेश निमार्णमा जोड दिन मन्त्री र सांसदहरु लाई आग्रह गरेका छन । नेपालगञ्जमा जारी चौथो प्रादेशिक औद्योगिक,लघु घरेलु तथा कृषि प्रविधि व्यापार एवम पर्यटन महोत्सवको  उद्घाट सत्रमा बोल्दै खत्रीले समृद्ध लुम्बिनी प्रदेश निमार्णमा सबै एक हुने आवश्यक रहेको बताएका हुन।

खत्रीले धार्मीक क्षेत्र जो प्रकृतिले दिएको सुपादेउराली मन्दिर नेपालगञ्जका जुँगे महादेव दर्शनका लागि  पर्यटनहरुको आगमन हुने बताए ।उनले पर्यटन प्रवर्द्धनको मुख्य गन्तव्य  वातावरणीय पर्यावरण बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज रहेको बताए ।

उनले प्रदेश भित्र भारत सँग जोडिएका देशका ठुला भन्सार केन्द्रहरु रहेको समेत बताए । उनले लुम्बिी प्रदेश स्तरीय नौवस्ता औद्योगिक क्षेत्रको निमार्णका लागि पहल गर्न उपस्थित सबै सांसद तथा मन्त्रीलाई ध्यानआकर्षण समेत गरेका थिए ।

खत्रीले केही अवरोधका कारण रोकीए र अवरोध रहेका यस्ता औद्योगीक ग्रामहरुले समृद्ध बाँके मात्र नभएर समृद्ध लुम्बिनी प्रदेश निमार्णमा महत्वपूर्ण हुने बताएका छन।

उनले राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै निमार्ण कार्य सम्पन्न गराई जनतालाई कृषिमा यान्त्रीरकण  आत्म निर्भर बनाई जनताले  उत्पादन गरेका बस्तुको सहज रुपमा बजारीकरण गर्नका लागि समेत  बातावरण निमार्ण गर्न आवश्यक रहेको बताएका छन।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech