८ बैशाख २०८१, शनिबार

बर्दिया जिल्ला प्रदेश सरकारको पहिलो प्राथमिकः मन्त्री नमुना
  • न्युज मानसराेवर

बाँके\बर्दिया राजापुर क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले भनेकी छन। बिहीबार राजापुरमा रहेको किसान माध्यमिक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन।

प्रदेशको पश्चिम क्षेत्रमा रहेको राजापुर क्षेत्रको विकासमा लुम्बिनी सरकार प्रतिबद्ध रहेको मन्त्री नमुनाको कथन रहेको छ । ‘लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिम क्षेत्रमा पहिले राजापुर टापुका रुपमा चिनिने अहिलेका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेका छन्’ उनले भनिन, ‘यहाँ रहेका दुवै पालिकाको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

’ अन्नको भण्डारको रुपमा चिनिने राजापुर क्षेत्र समेत गुलरिया र नेपालगन्जको पदमा लम्किरहेको बताउँदै मन्त्री नमुनाले अझै गर्नुपर्ने कामहरु धेरै रहेको नमुनाले भनेकी छन।  यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता समेत जनाएकी छन।  ‘

लुम्बिनी प्रदेश सरकारको तर्फबाट सहयोग हुन्छ ।’ राजापुर क्षेत्रमा कृषिको राम्रो सम्भावना रहेको बताउँदै उनले तीनै तहका सरकारहरु मिलेर किसानहरुको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत उल्लेख गरेकी छन। मन्त्री नमुनाले व्यवहारिक शिक्षालाई सबै विद्यालयहरुले अगाडि बढाउनु पर्नेमा जोड  गरेकी छन।

राजापुर क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकार सकारात्मक रहेको मन्त्री नमुनाले भनेकी छन।  ‘यहाँ एउटा प्राविधिक शिक्षालयको आवश्यकता देखिन्छ’ नमुनाले भनिन  , ‘राजापुर नगरपालिकाले सिफारिस गरेर पठाएको रहेछ । मन्त्रिपरिषद् विस्तार भएपनि प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने उनले जानकारी गराइन ।’

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech