बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमालले संगठन सुढृढिकरण अभियानलाई तिब्रता दिएको छ ।
अभियान अन्तरर्गत आज बैजनाथ गाउँपालिका वडा न ५ र ६ मा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपति प्रदेश कमिटी सदस्य मान बहादुर रुचाल , सारदा रेग्मी विक नेकपा एमाले जिल्ला सचिव तथा लुम्बिनी प्रदेश सांसद रत्न खत्रीले वडा स्तरीय विस्तारी बैठकलाई सम्बोधन गरेका थिए ।
नेकपा एमालेले माघ १२ गते देखी १७ गते सम्म सबै वडा स्तरमा विस्तारी बैठक तथा कार्यकर्ता अन्तरक्रिया कार्यक्रमहरु गर्ने नेकपा एमालेका सचिवालय सदस्य गुमान बहादुर दमाइले जानकारी गराएका छन। विस्तारीत बैठकमा हालको राजनिति अवस्था र भावि हुन सक्ने राजनिति घटना क्रम बारे समेत अनुशिक्षण गरिएको बताइएको छ । बैजनाथ गाउँपालिका स्तरीय कमिटीको आयोजनामा उक्त अभियान संचालन गरिएको छ । कार्यक्रममा पालिका कमिटी पदाधिकारी जिल्ला कमिटी पदाधिकारी प्रदेश कमिटी सदस्य वडा स्तरीय कमिटी पदाधिकारीहरुको उक्त अन्तरक्रियामा सहभागिता रहेको थियो ।