९ मंसिर २०८१, आईतवार

लुम्बिनी प्रदेशका १५७ शिक्षकको बढुवा सिफारिस
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन्।

रुकुमपूर्वका ११, पाल्पाका ३३, गुल्मीका २१, अर्घाखाँचीका १२, रुपन्देहीका ५, कपिलवस्तुका ३, रोल्पाका २६, प्युठानका १५, दाङका ५, बाँकेका ६ र बर्दियाका २० जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बढुवा भएका हुन्।

शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै, कार्य सम्पादन मूल्यांकनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकहरु बढुवा सूचीमा परेको जनाएको हो। बढुवा सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा चित्त नबुझे ३५ दिनभित्र उजुरी दिन पनि आयोगले भनेको छ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech