१८ माघ २०८१, शुक्रबार

भारतका एक मन्त्रीलाई सुरक्षाकर्मीले नै हाने गोली
  • न्युज मानसराेवर

एजेन्सी\भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् । गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ ।

एउटा कार्यक्रममा सहभागी हुन गएका मन्त्री दास गाडीबाट झरेलगत्तै पाँच राउन्ड गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्ति असई गोपाल दास भएको बताइएको छ । उनले किन गोली चलाएका हुन् भन्ने स्पष्ट भएको छैन ।

घटनापछि दासको पार्टी बीजु जनता दलका कार्यकर्ता धर्नामा बसेका छन् ।

मन्त्री दासलाई निकै नजिकबाट गोली प्रहार गरिएकाले यो सुनियोजित आक्रमण भएको बताइएको छ । यस घटनाले मन्त्रीको सुरक्षा उपायमा पनि गम्भीर प्रश्न उठाएको छ ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech