१२ मंसिर २०८१, बुधबार

मन्त्रीद्धारा खानेपानी योजनाको अनुगमन
  • न्युज मानसराेवर

बाँके\संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले बाँके र बर्दियामा रहेका खानेपानी तथा उपभोक्ता समितिबाट बितरण भइरहेको खानेपानीको अनुगमन तथा निरीक्षण गरेका छन् ।

सोमबार बाँकेको बैजनाथ गाउपालिकाको वडा नं. ७ मा रहेको पेडारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै खानले पहिलो प्राथामिकता भनेको जनतालाई शुद्ध पानी बितरणका लागि पहल गर्ने रहको बताए ।

उनले खानेपानीका योजनाहरु धेरै भएको तर गुणस्तरीय नभएको हुँदा यसलाई तत्कालै सुधार गर्नका लागि पहल गर्ने बताए ।उपभोक्ताहरुलाई सरकारी संयन्त्र मार्फत बोतल र जार सहुलियत दरमा उपलब्ध गराउने योजना रहेको खानेपानी मन्त्री अब्दुल खानले बताए ।

सो अबसरमा पानीमा सबै नागरिकहरुको पहुँच पुर्याउन र बिद्यालयहरुमा शुद्ध पानीको ब्यवस्था मिलाइ दिन बैजनाथ गाउपालिका वडा न ७ का वडा अध्यक्ष दिनेश कुमार थारुले ज्ञापन पत्र समेत बुझाएका थिए ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech