बाँके\पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपियाँ र मैदा प्रतिकेजी २० रुपियाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपियाँदेखि १८ रुपियाँसम्म बढेको छ ।
भारतबाट बङ्गलादेशमा चामल निर्यात बढेकाले भारतमै मूल्य बढेको र त्यसमा ढुवानी भाडामा भएको वृद्धिले थप महँगी निम्त्याएको श्रेष्ठको दाबी छ । यस्तै गहुँ आयातमा लागेको प्रतिबन्धका कारण मैदा र आँटाको मूल्य पनि बढेको अनुमान गरिएको छ ।