७ बैशाख २०८२, आईतवार

बाँकेमा लै.स.सा.स परिक्षण सम्बन्धि अभिमुखिकरण शुरू
  • न्युज मानसराेवर

बाँके / स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धि बाँकेमा २ दिने अभिमुखिकरण शुरू गरिएको छ ।

लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेका कार्यकारी निर्देशक कमानशिह थापाले ब्यानर वाचन गरेर कार्यक्रम उद्घाटन
गरे ।

कार्यक्रममा स्थानीय शासन विज्ञ प्रेम नारायण श्रेष्ठले कार्यक्रमकाे उदेश्य बारे जानकारी गराए ।

उनले मुख्य रूपमा २ दिनमा लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय सरकारहरूलाई सवलिकरण गर्नाका लागि लैङ्गिक समानता तथा सनमाजिक समावेशीकरण परिक्षण महत्त्वपूर्ण रहेकाे बताए ।

उनले स्थानीय सरकारकाे जवाफदेही शुसाशनकाे मुख्य ओैजार समग्र स्थानीय तहका नितिगत तथा प्रशासनिक क्षेत्रकाे परिक्षण आवश्यक रहेकाे बताए ।

२ दिन सम्म स्थानीय शासन विज्ञ शाेभिता परियारले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धि सहजिकरण गर्ने छिन ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणकाे अभिमुखिकरण कार्यक्रममा सामुदायिक सेवामा आवद्व करिब ४० जनाकाे सहभागिता रहेकाे छ ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech