१२ मंसिर २०८१, बुधबार

लुम्बिनीमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै छ। सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उमेदवार आज हुने चुनावी प्रतिस्पर्धामा छन्।

जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उमेदवारी छ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ। मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो। उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech