२६ जेष्ठ २०८२, आईतवार

बाँकेमा अपराध नियन्त्रणका लागि सुझाव
  • न्युज मानसराेवर

बाँके\बाँकेका निर्वाचित सांसद तथा स्थानीय तहका पदाधिकारीहरुले जिल्लाको समग्र शान्ति सुरक्षाको सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी तस्करीलगायतका अन्य अपराध नियन्त्रणका लागि पहल गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा बाँके क्षेत्र २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य डा. धवलशम्शेर राणाले सीमापार अपराध नियन्त्रण जिल्लाको समग्र शान्ति सुरक्षासँग जोडिएको भन्दै सीमापार अपराधलाई प्रमुख चुनौतीको रुपमा लिनुपर्ने बताएका हुन।

उनले“राजनीतिक नेतृत्वबाट प्रहरी प्रशासनलाई कुनै खालको अनावश्यक दबाब हुने छैन,तर प्रहरी आफु पनि ईमान्दार हुन आवश्यक छ।  ”पछिल्लो समय भारतीय पर्यटकको हबको रुपमा नेपालगञ्ज फस्टाएको भन्दै भारतीय पाहुनाको सीमा क्षेत्रमा उचित सम्मान हुनुपर्नेमा जोड दिए।  प्रदेशसभा सांसद आदेश अग्रवालले खुला सीमाका कारण लागूऔषध प्रमुख समस्याको रुपमा देखिएको भन्दै नेपालगञ्जमा अधिक रुपमा रहेका ई–रिक्साको ब्यवस्थापन जरुरी भएको उल्लेख गरे ।

भण्डारीलाल यादव र मिना श्रेष्ठले खुला सीमाका कारण हुने अपराध अन्य अपराधसँग पनि जोडिएका कारण प्रहरीले ईमान्दारिताका साथ काम गरेमा अन्य अपराध पनि स्वतः नियन्त्रणमा आउने बताए। बाँके स्थित नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले प्रहरी र स्थानीय नियमित समन्वय र सहकार्यमा रहेमा मात्रै स्थानीय सरकारले उपलब्धीमुलक काम गर्न सक्ने बताए ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राईले लागु औषध सबैतिर प्रमुख समस्याको रुपमा रहेको भन्दै सीमापार अपराधलगायत सबैखाले अपराध नियन्त्रणका लागि प्रहरीले सबैपक्षसँग हातेमालो गरिरहेको जानकारी गराए ।

प्रहरीभित्र गलत काम गर्ने जो भए पनि कारवाहीको भागिदार हुने भन्दै उनले लुम्बिनी प्रदेशमा अपराधको वर्गिकरण गरेर फागुनदेखि विशेष योजनासहित नियन्त्रण र न्यूनीकरणको काम थालिने समेत बताएका छन।

  • २८ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech