बाँके\एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यक्रमअनुसार वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । तीन जनाको उम्मेदवारी परेपछि अन्तिम समयसम्म सहमतिको प्रयास हुने बताइएको छ ।
सहमति नभएमा आजै निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।
निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।