९ मंसिर २०८१, आईतवार

रुम टु रिडको पहलमा नमूना एस.ई.ई परीक्षा सञ्चालन
  • न्युज मानसराेवर

बाँके\बाँकेकाे बैजनाथ,खजुरा र राप्तिसाेनारी गाउँपालिका भित्रका ४० वटा सामुदायिक विद्यालयहरूमा एस.ई.ई नमूना परीक्षा सञ्चालन गरिएको हो ।  नमुना परिक्षा यही फागुन १ गते बाट संचालन गरिएको छ ।
विद्यार्थीहरुमा परीक्षाप्रतिको डर हटाइ आत्मविश्वास बढाउने, एसइइ परीक्षाको लागि अभ्यस्त बनाउने, परीक्षाको नतिजा विश्लेषण गरि आगामी एस.ई.ई मा राम्रो अंक सहित उतीर्ण गर्न उपचारात्मक कक्षामा सहभागी गराइ सहयोग गर्ने  उद्देश्यले एसइइ नमूना परीक्षा सञ्चालन गरिएको बताइएको छ।  रुम टु रिड, बैजनाथ, खजुरा र राप्तिसाेनारी गाउँपालिका शिक्षा शाखाको समन्वय तथा सहकार्यमा एस.ई.ई नमूना परीक्षा सञ्चालन गरिएको हो । उक्त परीक्षामा २ हजार ६ सय २७ जना विद्यार्थी सहभागी रहेका छन।

जसमध्ये छात्रा १ हजार ४ सय ६६ जना र छात्र १ हजार १ सय ६१ जना रहेका छन् । एस.ई.ई नमूना परीक्षामा बैजनाथका १६ वटा, खजुराका १४ र राप्तिसाेनारी गाउँपालिकाका १० वटा विद्यालयहरूमा संचालन भईरहेको रुम टु रिड बाँकेका वरिष्ठ फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवंरले जानकारी दिएका छन।

रुम टु रिडको पहलमा विगतका बर्षहरुमा पनि खजुरा, राप्तीसोनारी र कोहलपुरमा एसइइ नमूना परीक्षा सञ्चालन गरिएको थियो ।

यस बर्षको एस.ई.ई नमूना परीक्षा तेस्रो हो । कोहलपुरका १२ वटा सामुदायिक विद्यालयहरू माघ महिनामै सम्पन्न भै सकेको छ । एस.ई.ई नमूना परीक्षाले विद्यार्थीहरुको आत्मविश्वास बढ्नुका साथै सहजै प्रश्न बुझ्ने र उत्तर लेख्ने शैलीको विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech