बाँके\नेकपा एमालेको ‘ग्रास रुट’ अभियान बिहीबारदेखि सुरु हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सात प्रदेश र बिदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ ।
एमाले अनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।
गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेको थियो ।