२६ जेष्ठ २०८२, आईतवार

जथाभावी फोहर फाल्नेलाई कोहलपुरमा कारवाही
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभावी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन।

“यो नगर हामी सबैको हो, नगर सफा र सुन्दर बनाउने जिम्मेवारी पनि हामी सबैको हो” नगर प्रमुख आचार्यले भने , “हामी कसैलाई पनि जरिवाना तिराउन नपरोस् र पुरस्कृत गर्नुपरोस भन्ने चाहना रहेको छ । कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी सम्पूर्ण नगरबासीको रहेको भन्दै उहाँले महिनौदेखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढे कारवाही गर्न थालिएको बताए ।

जथाभावी फोहर फाल्ने व्यक्ति, सङ्घ सस्था, ब्यावसायिक फर्म, सबैलाई कारवाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । केही दिनअघि स्कुटरमा राखेर फोहर सडक छेउमा फाल्ने प्रबृत्ति बढेको भन्दै नगर प्रहरीले निगरानी गर्दैआएको छ । केही व्यक्तिलाई पक्राउ गरी जरिवाना पनि तिराएको छ ।

नगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्न सूचना प्रकाशन गरी निषेध गरेको छ । लुम्विनीसहित सुदुरपश्चिम र कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा कोहलपुर क्षेत्रलाई सुन्दर, सफा र रमणीय बनाउननगरबासीको साथ र सहयोग चाहिएको भन्दै नगर प्रमुख आचार्यले सार्वजनिक स्थानमा जथाभावी फोहर गर्ने कामलाई निरत्साहित गर्न जरुरी भएको बताए ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech